सन १९९९ मा 'टलिउड' को नामले प्रसिद्ध दक्षिण भारतको तामिलनाडुमा Mudhalvan (முதல்வன்) अर्थात् 'मुख्य मन्त्री' नामक एउटा चलचित्र बन्यो र सुपर हिट पनि भयो । एकजना हक्की र जवान पत्रकारलाई मुख्य पात्र बनाएर साँच्चै नै देश सुधार्ने हो भने एकै दिनमा पनि धेरै काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने सो चलचित्रको २००१ मा हिन्दी भर्सन पनि सार्वजनिक भयो । कथावस्तु, भेषभूषा र सम्बाद समेत दुरुस्तै उस्तै राखेर बनाएको सो चलचित्रको हिन्दी संस्करण पनि सुपर-डुपर हिट भयो र त्यसले पनि अत्यन्त सफल व्यापार गर्यो ।
आम जनतासँग प्रतक्ष अन्तरक्रिया गरेर भ्रष्टाचार, कालो बजारी र समाजमा व्याप्त अन्य समस्याको हल गर्न सकिने सङ्केत गर्ने सो चलचित्र बनेको करिब १२ वर्षपछि नेपालमा पनि ठ्याक्कै त्यस्तै कार्यशैली अपनाएर 'नायक' बन्न खोज्ने एउटा चरित्र देखिए । उनले पनि आफू शक्तिमा आउने बित्तिकै न्युरोडको गुदपाक देखि राममार्गका भाते-होटलको अनुगमन गरेर कालो बजारी हटाउने नाटकीय अध्याय शुरू गरे । उनको यो कार्यलाई गलत भन्न मिल्दैन तर ठ्याक्कै 'नायक' शैलीको 'हेल्लो सरकार' र 'रेडियोमा प्रधानमन्त्री' विस्तारै सस्तो लोकप्रियता कमाउने भाँडोमा मात्रै परिणत भयो ।
उता उनले नाङ्लो ठटाएर हात्ती तर्साउने शैलीमा 'कालो बजारी' हटाउने नाटक मञ्चन गरिरहँदा यता मिडियामा भने देशका खुँखार अपराधी छुटाउन, ज्यानमारालाई आममाफी दिन मन्त्रि परिषदबाट निर्णय गराउन उनि लागि परेका समाचारहरू आइ नै रहे । हुँदा हुँदा अपराधीले आफैँ अपराध कबोल गरेर सजायको माध्यमबाट पश्चाताप खोज्दा समेत यस्ता कार्यहरूबाट शान्ति प्रक्रियामा खलल पुग्ने सन्देश दिन पनि चुकेनन् यी रियल लाईफका नायक। रियल लाइफका नायक 'फ्लप' भए त यहीँनेर । जहाँ, 'नायक' मा नायकका हरेक प्रयास बोल्नमा भन्दा गर्नमा बढी लाग्थे, त्यहीँ हाम्रा नायक भने उपलब्ध मिडियाका हरेक श्रोतबाट जनतालाई खोक्रो आदर्श छाँटन, मनोरञ्जक सपना देखाउन र बुद्धि विलास गरेर रमाउनमै मात्रै लागे ।
रियल लाईफ र रिल लाईफ बीचको एउटा अत्यन्त सूक्ष्म तर अत्यन्तै गुणात्मक भिन्नता रहेको एउटा कडिको भने विश्लेषण गर्न सकेनन् हाम्रा हिरोले । हो, त्यो समयको भेद नै हो। दुई-अढाई घण्टामा सक्किने सिनेमामा जुन विषयबस्तु जत्ति प्रभावकारी ढङ्गले प्रस्तुत गर्न सकिन्छ, अनन्तकाल सम्म लम्बाउन खोजिएको वास्तविक राजनैतिक धरातलमा त्यसलाई त्यसरी नै लम्बाउँदै जाँदा सिनेमाको जस्तै परिणाम वा नतिजा दिन कुनै हालतमा पनि सकिन्न । जहाँ अढाई घण्टाको फिलिमका दर्शक 'हिरो' को अघिल्लो कदम के होला भनेर सास रोकेर प्रतिक्षा गर्छन् तिनै दर्शक वास्तविकताको धरातलमा प्रश्नै मात्र थुपार्ने र कुनैको पनि हल नदिइ मैदानमा टिकी रहने मात्रै 'नायक' देखेपछि त्यसमा अरुचि र तिक्तता पैदा हुन्छ ।
प्रश्नै मात्रै सुनि रहने र हल नदिने वा उल्टै समाधानको साटो समस्या देखाउने कृत्य जारी रहँदो हो त २ वर्षको सत्ताकाल हैन २ घन्टाको सिनेमामा पनि दर्शकलाई कुर्सीमा टिकाउन मुस्किल हुन्छ ।
केही दिन अगाडि हाम्रा प्रधानमन्त्रीले ट्वीटर चलाउन थाले। सामाजिक सञ्जाल र मिडियामा समेत त्यसको व्यापक चर्चा परिचर्चा भयो अनि बढन थाल्यो उनको 'फलोअर' । यो पोस्ट तयार गर्दा सम्ममा उनको फलोअरको सङ्ख्याले दस हजार नाघी सकेको छ र उनले ४८ वटा ट्वीट गरि सकेका छन् । भनिन्छ सामाजिक सञ्जालमा राखिएको १० वटा 'स्टाटस' कुनै पनि व्यक्तिलाई नजिकबाट चिन्न पर्याप्त हुन्छ । त्यस आधारमा हेर्दा उनका ४८ ट्वीटले कुनै छाप छाडन सकेको भने पटक्कै लागेन मलाई ।
२० जनवरीमा उनले गरेका पहिलो ट्वीटमा उनले देशका जनता र विशेषगरी युवा पुस्तालाई आशावादी हुन आग्रह गरेका छन् । चुनौतीलाई अवसर बनाउने उनको कुरा, खोक्रो आदर्श बाहेक केहि हैन भन्न मलाई कुनै सङ्कोच लागेको छैन् । उनले लेखेका थिए:
My fellow countrymen, specially young friends, let's remain optimistic about our great country ! We must turn challenges into opportunities.
— Baburam Bhattarai (@brb_laaldhwoj) January 20, 2013
हालसम्म उनले गरेका ४८ मध्ये आधा भन्दा बढी उनका ट्वीटहरू (जवाफ सहित) अग्रेजीमा छन् र पहिलो ट्वीट पछि आएका अनेक विरोधका स्वरलाई परोक्ष रुपमा जवाफ दिँदै उनले आफू आलोचनाबाट नभाग्ने कुरा देखाए:
— Baburam Bhattarai (@brb_laaldhwoj) January 20, 2013
सहजै बुझ्न सकिन्छ, उनको सुरूवाती ट्वीटमा समर्थन भन्दा विरोध नै धेरै थिए । उर्जाको अभावले अक्रान्त भएको समयमा लोडसेडिङ्को समस्या पनि चर्चाको विषय रह्यो र धेरैले उनलाई मेन्सन गरेर सो कुरा उल्लेख गरे ।
‘नायक’ले फेरि आफू पपुलर हुने एउटा मौका नचुकाएर तुरुन्तै ट्वीटे:
हामी लोडसेडिङ न्यूनीकरण गर्न प्रयत्नशील छौं। इतिहासले थुपारेको फोहोर सोहोर्न समय लाग्दोरहेछ।भारतबाट थप ७०मे.वा. विजुली ल्याउने कोशिश भैरहेछ
— Baburam Bhattarai (@brb_laaldhwoj) January 21, 2013
त्यसको भोलिपल्ट अर्थात २२ जनवरिमा उनको अर्को ट्वीट आयो:
Friends, we have just managed to reduce load-shedding by 2 hrs, from today. I promise, it won't exceed 10-12 hrs this winter.
— Baburam Bhattarai (@brb_laaldhwoj) January 22, 2013
तर, न त विद्युत प्राधिकरणले नै सो बारेमा जानकारी गरायो न त विद्युत कटौती नै कम भयो । उनका समर्थकलाई कुरा चित्त नबुझ्न सक्छ तर 'ट्वीटरे' भाषामा यस्ता गफ र गफ गर्नेलाई 'हावा छेकुवा' भनिन्छ । अत: यस भन्दा अगाडिका ट्वीटबाट खोक्रो आदर्शवादी मात्रै ठहरिएका प्रधानमन्त्री हावा छेकुवा समेत बने ।
बिचमा उनले फेरि "हामी आशावादी वन्नुपर्ने ५ कारण" भनेर अर्को ट्वीट ठोके
हामी आशावादी वन्नुपर्ने ५ कारण : १. पौने ३ (cont) tl.gd/kphcf0
— Baburam Bhattarai (@brb_laaldhwoj) January 22, 2013
उनका ५ कारणहरूमा, फेरि पनि उहि बुद्धि विलास र खोक्रो राष्ट्रियता मात्रै थियो: उनका ५ कारणहरू थिएँ:
१. पौने ३ करोड मेहनती जनता २. कैल्यै उपनिवेश नवनेको इतिहास ३. विश्वलाई नयां विचार दिने वुद्धको देश ४. सर्वोच्च हिमाल र प्रचुर जलसम्पदा ५. विद्रोही र सिर्जनशील युवा पुस्ता ! ।
खोक्रो आदर्शमा पटक्कै विश्वास नभएकोले त्यसको उत्तर मैले तत्काल यसरी दिएको थिएँ:
म निराश भएको ५ कारणहरू:RT:@brb_laaldhwoj हामी आशावादी वन्नुपर्ने ५ कारण : १. पौने ३ (cont) tl.gd/kphcf0 twitter.com/dacharya/statu…
— Dilip Acharya (@dacharya) January 22, 2013
ट्वीटरमा उनका फलोअर बढ्दै गए, जसमा उनलाई आदर्श मान्ने भन्दा उनलाई ‘सुधार्न सकिन्छ कि?’ भन्नेहरूको सङ्ख्या पक्कै पनि ज्यादा छ भन्दा अत्योक्ति नहोला । तर उनको ट्वीटमा नविनता केहि देखिएन । २७ जनवरी सम्म पुग्दा उनको टाइमलाईनमा फेरि अर्को धूँवादार ट्वीट देखियो:
रारा र खप्तड क्षेत्रमा पर्यटन पूर्वाधारको विकास गर्ने हो भने कर्णाली र सू.प.क्षेत्रको कायापलट गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास रहेको छ ।
— Baburam Bhattarai (@brb_laaldhwoj) January 27, 2013
पढ्दै उदेक लाग्ने । 'यसो गर्ने हो भने यसो गर्न सकिन्छ' भन्ने धेरै कुरा १० कक्षामा पढने १४-१५ वर्षे ठिटोलाई पनि थाहा होला। हामीले प्रधानमन्त्रीबाट 'यसो गर्न सकियो भने यस्तो हुन्छ' हैन्, बरू कसरी र कैले देखि 'यसो गर्न सकिन्छ' भन्ने अपेक्षा राखेका थियौँ । आदर्श छाँटने मात्रै प्रमबाट यस्तो आशा गर्नु मेरो भूल रहेछ भन्ने ज्ञात हुँदा नहुँदै उनको फेरि आजै अर्को गज्जबको आशावादी तर पिँध नभएको वक्तव्य आयो:
पश्चिम सेती, नलसिंगाड, वुढी गण्डकी र दुधकोशी जस्ता जलाशय युक्त योजना कार्यान्वयन गरौं, लाखौं युवालाई रोजगारी र उर्जासंकट समाधान हुन्छ ।
— Baburam Bhattarai (@brb_laaldhwoj) January 29, 2013
उनको यो ट्वीट पढीरहँदा भने सुरूमा त उनले लाख र 'लाखौँ' लाई एउटै ठाने कि भन्ने समेत प्रश्न मनमा उब्जियो । फेरि सोचेँ बोल्ने मात्रै त हो नि । आजै बिहान मात्रै छोरीलाई पढाउँदा "Nepal has approximately 85,000 MW of economically feasible hydropower potential" भन्ने वाक्यांश मैले ‘नि उसलाई बुझाएको थिएँ । यसो सोचेँ, ५ कक्षामा पढ्ने छोरी र विद्यावारिधि गरेका देशका प्रधानमन्त्रीको यो वक्तव्यमा कुनै गुणात्मक भिन्नता थिएन । दुबै केवल कोरा कल्पनाका कुरा मात्रै थिए। म अनि बेस्मरी हाँसेँ । बोल्ने नै मात्रै हो भने त मेरो ५ कक्षामा पढ्दै गरेकी छोरीले पनि यत्ति भन्न सक्छे ( उसको पनि फेसबुक छ- - कुनै दिन यही वाक्यलाई आफ्नो स्टाटस बनाउन नि सक्छे )।
आजको उनको (हालसम्मको लागि लेटेस्ट) ट्वीट पढेपछि भने उनि केवल ट्वीट्टीनै मात्रै ट्वीट गरि रहेछन् भन्ने प्रष्ट भयो :
दुइ अंकको वृद्धिदर हासिल गर्न वर्षेनी रु. ६–७ सय अर्वको लगानी गर्नुपर्छ । स्वदेशी र विदेशी श्रोत के के हुनसक्ला ?
— Baburam Bhattarai (@brb_laaldhwoj) January 29, 2013
अर्थशास्त्रमा विद्यावारिधि गरेका विद्वान प्रम यो ट्वीटरमा के गर्दैछन् । ट्वीटेलाई सोध्दैछन् कि मनोरञ्जन ? । वार्षिक ६-७ सय अरवको लगानी को श्रोत के १४० अक्षरमा खुलाउन सकिन्छ ????। उनको अन्तिम ट्वीट पढेपछी मनले भन्यो " भो, प्रधानमन्त्री ज्यू, तपाईँ देश नै चलाउनुस, ट्वीटर हामी आफैँ चलाउँछौ"
गज्जवको observation!!!
ReplyDeleteझुटको खेती गर्न सक्नु पनि राजनितिको यौटा महत्वपुर्ण कला हो । तर त्यै खेती फल नलाग्दै किराले खाएर सुकेको खण्डमा राजनितिज्ञ घरको न घाटको बन्छ पुग्दछ । मुस्ताङ देखि ट्विटरसम्म आईपुग्दा यिनले गरेको खेतीमा पनि नराम्रोसँग किरा परिसकेको जगजाहेरै छ । गरेर रिझाउनु त कता हो कता बोलेर सम्म रिझाउन नसक्ने नालायक पाजीहरू..
खैर अब कसका कुरा गर्ने कसका नगर्ने...यिनीमात्रै किन जो जो आए अहिलेसम्म जम्मै कान चिरेकै जोगी न आए....
हाहाहा, लालध्वजको 'लाल रंग' पैलै देख्या हो....नाटकी कहीका !!
ReplyDeletekaha hhamilai tweet pani ramro sanga chalauna dinu ? Internet ra electricity chahiyo ni?
ReplyDeletewell written article.
ReplyDeleteट्वीटर हामी आफैं चलाउँछौं ।
ReplyDeleteप्रमका 'हावा छेकुवा ट्वीट'को विश्लेषण सटीक लाग्यो दाइ ।
सस्तो लोकप्रियता कमाउने दौडमा लागेको मान्छे अमूल्य हुँदै जान्छ : अ-मूल्य ! म उनलाई यसकारण ट्वीटरमा फ्लो गरिरा'छु, म पाइरहूँ - इन्टरटेनमेन्ट ! इन्टरटेनमेन्ट !! इन्टरटेनमेन्ट !!!
प्रतिष्ठित पदको गरिमा बुझेर मान राख्न मन थियो प्रमप्रति हामीलाई । तर सम्भव भएन । संस्कार गुमाएको नठान्नू यसलाई । पित्तललाई सुन कसरी भनूँ खै !
@brb_laaldhwoj a.k.a twitterbaaje bhanera sambhodan gaarna maan laagyo, tweet garne ta honi :) any way liked the line you compared twitterbaje with your daughter.
ReplyDeleteधेरै राम्रो लेख पढ्न पाईयो । धन्यवाद दिलिप सर ।