म वृक्ष हुँ
रोपे उम्रन्छु, उम्रे फल्दिन्छु
गोडे सप्रन्छु, तोडे ढल्दिन्छु
चलाए चल्दिन्छु, जलाए जल्दिन्छु
म विचार हुँ
मायामा पग्लन्छु, छायाँमा अल्झन्छु
अभावमा सम्झन्छु, स्वभावमा बल्झन्छु
उच्चतामा टल्कन्छु, चेतनामा सल्कन्छु
म इमान् हुँ
अह्राएको गर्दिन्छु, परे’मा मर्दिन्छु
सत्यमा सर्दिन्छु, असत्य हर्दिन्छु
चेतना छर्दिन्छु, विवेकलाई भर्दिन्छु
म चट्टान हुँ
स्वभावलाई छोड्दिन, विश्वासलाई तोड्दिन
भ्रमलाई गोड्दिन, तृष्णालाई जोड्दिन
विचारलाई मोड्दिन, संस्कारलाई फोड्दिन
म विद्रोह हुँ
दबाए उफ्रन्छु, कजाए गर्जिन्छु
हप्काए कुड्किन्छु, हटाए अड्किन्छु
रोके हुत्तिन्छु, समाए फुत्किन्छु,
म जनता हुँ
बोलाए फर्किन्छु, झुलाए झर्किन्छु
फुलाए फक्रन्छु, पन्छाए दर्कन्छु
समतामा अड्कन्छु, विषममा पड्कन्छु
म जनता नै हुँ.....
...... .........
गज्जप लाग्यो दिलिप दाजु, "हो म जनता नै हुँ ।"
ReplyDeleteधेरै राम्रो कबिता, मैले नसोधी ट्वीट गरें, नरिसाउनु होला :)
ReplyDeleteपनि त्यहि 'म जनता नै हुँ...' नै परे है दिलिप जी !
ReplyDeleteदबाए उफ्रन्छु, कजाए गर्जिन्छु
ReplyDeleteहप्काए कुड्किन्छु, हटाए अड्किन्छु
रोके हुत्तिन्छु, समाए फुत्किन्छु,
कहा जनता यस्ता हुनु? नत्र तेस्ता गधा हरु लाइ नेता बनाउनु पर्थ्यो र?
http://kishorkc.blogspot.com
Ramro lagyo
ReplyDelete<@ +Kishor Kc जी,
ReplyDeleteअरू त त्यस्तै हो । तर मलाई, हामी गधालाई नेता बनाउँछौँ कि नेता बनेपछि ती गधा हुन्छन् भन्नेमा भने अझै शङ्का नै छ । :)
सारै राम्रो लाग्यो !!!
ReplyDeleteGreat Job Dilip Sir!! Hats off to you,,,,
ReplyDelete