-१-
एकोहोरो हेरीरहेँ,
उनको मुहार लाल भयो ।
बिना लोला, बिना अबिर
मेरो होली कमाल भयो ! ।
-२-
उनी भन्छिन्, उनको प्रेममा
धेरै कवि पागल भए ।
म त सोच्छु, ती कवि भए,
पागल त ती पहिल्यै थिए ।
-३-
कतै हुरी बतास, कतै हिमपात हुन्छन्।
कतै ज्वालामुखी, कतै उल्कापात हुन्छन् ।
दशा त दशा नै हो, रूप भिन्दै भए पनि,
जहाँ यी सब हुन्नन् त्यहाँ, नेताको जामात हुन्छन् ।
-४-
रेशम जस्तो, बादल जस्तो,
कालो केश तिम्रा देखेँ ।
पक्का भो त्यो तिम्रै थ्यो ,
जब तीनमा जुम्रा देखेँ ।
यो पनि हेर्नुस:
HEHEHE HASNA MAN LAGYO :)
ReplyDeleteरमाइला मुक्तकहरू । होलीमा हाँस्ने मेसो पनि मिल्यो ।
ReplyDeleteरमाईला मुक्तकहरु! १ र २ गज्जब छन्, ३ ठिकै लाग्यो। ४ भने अरुको दाँजोमा अलिक बच्काना लाग्यो।
ReplyDeleteसधै लाग्छ हाम्लाइ ,
ReplyDeleteराम्री राम्रीको आस !!
न राम्री लाइ रंग लगायो ,
अबिरको मात्र नास !!!
Everybody Must Enjoy the Festival of colors!!!
ReplyDeleteI like the all 4 Poems about HOLI!!!!
ReplyDelete