समयको अन्तरालमा केही साहसी व्यक्तिहरू देखा परे, तिनले त्यो नृशंस काण्डको मुख्य दोषीहरुको विपक्षमा कारबाही गर्ने प्रण लिए। केही घाइतेहरू पनि तत्कालको घटनाको बारेमा बोल्न र प्रमाण दिन राजी भए।
नियम अनुसार उनिहरूले गाउँको मुखियालाई घटनाको वृतान्त बताए, घटनामा मुखिया भन्दा पनि माथिका ओहदावालाका नाम आएपछि मुखिया घटनाको सुनुवाई गर्नै हच्के। मुखियाबाट काम नभएपछि गाउँलेहरु सहर गए र बडा हाकिमलाई भेटे। बडाहाकिमले तुरुन्तै घटनाको सुरुदेखि जाँच गर्ने बचन दिए।
बडाहाकिमको जाँच सुरु भएको केहि दिनमै उनी भन्दापनि बडे बडे व्यक्तित्वका नाम आउन थाले र विस्तारै जाँच पडताल सुस्त हुँदै बन्द नै भयो । जाँचपडताल बन्द भयो, तर त्यस बारेमा विभिन्न चर्चा परिचर्चा र हल्ला व्याप्त पनि भयो । स्थितिको नाजुकता देखेर फेरि राजधानीबाटै यसको छानबिनको आदेश आयो। छानबिन बढ्यो र त्यस घटनाको सम्बन्धमा हरेक प्रमाण, हरेक तथ्य र विवरणहरू संकलन गर्न थालियो। घटनास्थलको सुक्ष्म निरीक्षण गर्दा झनै उच्च ओहदाका ठालुहरू संलग्न भएका प्रमाण भेटिन थाले। घटनास्थलमै कुनै मुखियाको जुत्ता भेटियो, कुनै थकालीकको चक्कु भेटियो, कुनै बडा हाकीमका औंठी त कुनै जमिन्दारका लठ्ठी भेटियो। खोज्दै-हेर्दै जाँदा सो एकादेशको राज्य व्यवस्था नै बेइमान देखियो, कतै क्षेत्रपालकै योजना त कतै तालुकदारकै संलग्नता भेटियो। पर्दा अगाडि भारदार त पर्दा पछाडि पुग्दा राजाकै तरबारका दापमा पनि केही छिटा मानव खुनका खाटा भेटियो । केही दिन गाउँ-सहरमा खासखुस-हल्ला र अटकलबाजीको बजार तात्यो, अनि विस्तारै सेलाउँदै गयो। अचेल त्यो देश मुर्दाबस्ती जस्तै शान्त छ। धेरैले त्यहाँ के भएको थियो भन्ने समेत बिर्सिसके र घट्ना घटाउने जत्था अझ त्यो भन्दा ठुलो योजनाको जालो बुन्दैछन् ।
No comments:
Post a Comment