10 February, 2025

खोज !


मैदान माथि पहाड
पहाड माथि हिमाल
हिमाल माथि बादल नै हुने रैछ
खै त ?
तिम्ले बताए जस्तो भगवान त
कतै नहुने रैछ ! ।

शास्त्र भनेको पुस्तक
पुस्तक भनेको दर्शन
दर्शन भनेको तथ्य मात्रै त रैछ ।
खै त?
वर्षौ रटाइए जस्तो सत्य त
कतै नहुने रैछ‌।

तीर्थको नाममा भ्रमण,
व्रतको नाममा दमन,
दानको नाममा अभिमान नै हुने रैछ
खै त?
कथामा भनेजस्तो ज्ञान त
कतै नहुने रैछ।

विचार भन्दा माथी शून्य,
आकार भन्दा पर निराकार,
अन्धकार भन्दा पर प्रकाश नै हुने रैछ ।
अँ त !
स्व को पहिचानमा नै सबै
समाधान हुने रैछ ।

4 comments:

  1. वाह ! दामी !

    ReplyDelete
  2. एकदम गहिरो विचारयुक्त अभिव्यक्ति! यो केवल शब्दहरूको संयोजन मात्र होइन, चेतनाको तह खोतल्ने गहन दृष्टान्त पनि हो। सत्य बाहिर कतै लुकेको छैन, बरु खोज्ने दृष्टि फरक हुन सक्छ।

    ReplyDelete