आज शिवरात्री। अचानक आजै मनमा एउटा शिव भजन लेख्ने रहर जाग्यो र लेखियो पनि। केही नयाँ प्रयोग गर्ने मुडमा हरेक पाउमा सकेसम्म एउटै वर्गका अक्षर-वर्ण प्रयोग गर्ने प्रयास गरिएको छ।
यस भजनमा रहेको हरेक पाउका पहिलो तीन शब्द शिवका नाम हुन् भने पहिलो पाउका दुबै हरफमा पनि सोही नामको प्रयोग गरिएको छ।
सबैमा महाशीवरात्रीको हा्र्दिक शुभकामना। सबैको दिन र जीवन शुभ, सहज र सरस बनोस्।
जय भोलेनाथ !
जय पशुपतिनाथ !!
भजन:
कपिल, कनक, कपालीको कथा कण्ठमै रहोस् ।
शिव, शंभु, शरण्यको सुभाशिष् मिलिरहोस् ।
महाजटा, महाकाय, महादेवको मन्त्रले,
जन, जीवन, जगतको जय-जय भइ रहोस् ।
तपोनिधी, तपोमया, तरंगविदको तापले,
तनाब र तमस मेरो तहस-नहस नै बनोस् ।
नकुल, नंदीश, निरञ्जन नामको नजिक रही,
नित्य निरन्तर नविन नूतनता बनी रोहस् ।
अगम, अजाय, अत्रेय, अकथ्य औ अकायको,
अलख, अक्षत, अटुट अमृतधार बहिरहोस् ।
No comments:
Post a Comment