लोडसेडिङ्ग, लोडसेडिङ्ग मात्रै नभइ हाम्रो जीवन शैलीको एक अभिन्न अङ्ग पनि भइ सकेको छ । हरेक कार्यकलाप गर्नु अगाडि साइत भन्दा पहिला लोडसेडिङ्गको तालिका हेर्नुपर्ने बाध्यतामा बाँचेको नेपाली समाजलाई कुनै पनि हालतमा लोडसेडिङ्गको अभिशाप बाट मुक्त गरेर वा भिन्न राखेर हेर्न वा सोच्नै पनि मुस्किल छ। यसले हाम्रो सामाजिक र वैचारिक धरातलमा समेत प्रतक्ष् असर गरेको छ। पोहोर साल यहि विख्यात लोडसेडिङ्गले मलाइ पनि कवि बनाएको थियो भने यसपाला फेरि अर्का ब्लगर साथी रमेश वान्तबा यसैको असरले कवि हुनु भएको छ। आजको अतिथि कलममा प्रस्तुत छ वहाँकै कविता:
त्यसै भा छ लोडसेडिङ्ग
लेखक: रमेश वान्तबा
प्राधिकरण भन्छ मुहान सुकेर ।
बुद्धिजीवी भन्छन् बढी खपत भर ।
तर म भन्छु त्यसो हैन साथी हो ,
देश विकाश गर्ने यो नया उपाय हो ।
कुनै जमानामा विदेशमा नि यस्तै बिजुली गा थ्यो रे ।
एकै वर्षमा त्यहाँको जनसङ्ख्या दोब्बर भा थ्यो रे ।
अनि धेरै मान्छे, धेरै काम,
भो रे विकाश धमाधम ।
त्यै भर त यो कुरा मुख्य समाचारमा आको रे ।
यसैलाई मूल मन्त्र मानेर
एउटा उत्तम उपाय ठानेर,
लौ जनसंख्या बढाउ भनेर ।
यो त गरेकै हो कुरा जानेर ।
अनि पो भो हुन्छ देशको अप-ग्रेडिंग
नेपालीलाई उपहार १८ घन्टे लोडसेडिङ्ग
त्यसै भा छ लोडसेडिङ्ग ।