ब्लगरले केहि दिन अगाडी यौटा नया वाईजेट शुरु गरेको छ। जसलाई सिधा भाषामा Reactions अर्थात 'प्रतिक्रिया' नाम दिईएको छ । बल्गरलाई सहकर्मी अन्य ब्लगर र पाठकहरुले मार्ग दर्शन गर्ने र लेखाई वा लेखन शैलीलाई परिस्कृत गर्न पाठकको टिप्पणीले ठुलो योगदान दिने भएकोले कुनै पनि पोष्टमा कमेण्ट लेख्न सकिने व्यबस्था भने पहिले देखीनै थीयो ।
हाल भने ब्लगरले 'त्वरित' प्रतिक्रिया छाडन मिल्ने गरि नया सुबिधा उपलब्ध गराईएको छ ।
जुन सुबीधा तपाईले प्रयोग गर्नु भयो भने तपाईका ब्लगर मित्र र पाठकहरुले कुनै पनि पोष्टको बारेमा छिटो आफ्नो राय व्यक्त गर्न सक्ने छन।
यदि तपाईलाई यो सुबीधा लिनु छ भने पहिला आफ्नो Blogger Dashboard मा जानुहोला, अर्थात https://www.blogger.com/start मा आफ्नो युजर नेम र पासवर्ड हालेर लग ईन गर्नुहोस. अब
Layout > Page Elements हुदैं "Blog Posts" भन्दा मुनि दाँया पट्टी "Edit" मा क्लिक गर्नुहोस।